Indrenionline.com

तत्काल पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : कृषि मन्त्री

काठमाडौं, ३० असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताएका छन् ।

४० औं विश्व खाद्य दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भुसालले अहिले ल्याउन खोजिएको पाँच लाख मेट्रिक टन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् ।

‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको पाँच लाख मेट्रिक टन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि ब्रह्माजी आए भने पनि सक्दैनन्’, उनले भने, ‘कोलकाताकै पोस्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने पाँच लाख मेट्रिक टन दिनदिनै एउटा ट्रेन कोलकाताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ । जो दिनदिनै आउनेछ ।’