काठमाडौं, ३० असार । चार बुँदे माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको पक्षमा समर्थन जुटाउन एसएमएस क्याम्पियन सुरु भएको छ ।
मंगलबार दिनभर सांसदहरुलाई एमएमएस गरेका समर्थकले विभिन्न संघसंस्था तथा व्यक्तिलाई पनि एसएमएस गर्ने तयारी थालेका छन् ।मेडिकल क्षेत्रको सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै आइतबार सुरु भएको उनको अनशन तेस्रो दिन पनि जारी छ ।