असार , २९ तुलसीपुर । तुलसीपुर ६ राजापुर निवासी वासुदेव शर्मा आचार्य र उहाँकी धर्मपत्नी गिता देवि आचार्यले श्रीमद्ध भागवत सेवा समिति दाङलाई राधाकृष्ण मन्दिर निर्माणका लागी जग्गा दान गरेका हुन ।
राजापुर क्षेत्रमा धार्मिक मठमन्दीर नभएको र त्यहाँ राधाकृष्णको मन्दिर निर्माणका लागि आचार्य परिवारले श्रीमद्धभागवत सेवा समिति दाङ लाइ एकधुर जग्गाको मङगलावर रजिष्टेसन पास गरीदिनुका साथै भोगचलनको २कटठा जग्गासमेत दिएको जनाईएको छ ।