Indrenionline.com

यो दशैंमा राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने

काठमाडौं, २५ असोज । राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोनाको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएकाले नयाँ नोट वितरण नगरिने राष्ट्र बैंकले जनाएको छ ।

यसबारे राष्ट्र बैंकले औपचारिक सूचना भने जारी गरेको छैन । अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले दशैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो ।