इन्द्रेणी संवाददाता
काठमाडौं, २४ असोज । नेपालमा आज शनिवार अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार मात्रै थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ जना रहेका छन् । हालसम्म क्वारेन्टाइनमा ४ हजार ६८६ जना रहेका छन् । हाल संस्थागत आईसोलेशनमा १३ हजार ६५४ जना र होम आईसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म ७४ हजार २५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विगत २४ घण्टामा मात्र १ हजार २२९ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।
विगत २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका मात्रै २ हजार ६७२ जना रहेका छन् । मन्त्रालयका अनुसार तीमध्ये काठमाडौं जिल्लाका २ हजार १०० जना, ललितपुर जिल्लाका ३६९ जना र भक्तपुर जिल्लाका २०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।