Indrenionline.com

सरकार र डा. केसी पक्षको वार्ता अन्यौल

काठमाडौं, २३ असोज । सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच आज हुने भनिएको वार्ता अनिश्चित बनेको छ । सरकारी टोलीले वार्ताको समय नतोक्दा अनिश्चित बनेको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले बताए ।

बिहीबारको वार्ता सकारात्मक भनिए पनि कुनै निष्कर्षमा नपुगेपछि आज फेरि बस्ने गरी बिहीबारको वार्ता सकिएको थियो । सरकारी टोलीसँग वार्ताका विषयमा कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्नुपर्ने जवाफ आएको छ । तर प्रधानमन्त्री ओलीले समय नदिँदा वार्ता अन्योल भएको सुवेदीले बताए ।