इन्द्रेणी संवाददाता
काठमाडौं, २२ असोज । नेपालमा बिहीवार अहिलेसम्मकै धेरै थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्ये संस्थागत आईसोलेशनमा ११ हजार ७१४ जना र होम आईसोलेशनमा १४ हजार ९६७ जना रहेका छन् ।
हालसम्म ७१ हजार ३४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । वितेको २४ घण्टामा २ हजार ६७५ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ५४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंका दुई हजार ८५ जना, ललितपुरका ३२० जना र भक्तपुरका १३५ जना हुन् ।