दाङमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो ३ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमितका लागि गरिने सबै प्रकारको उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेजे जनाएको छ। अनलाइन खबरबाट
