इन्द्रेणी संवाददाता
काठमाडौं, २१ असोज । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । आज बुधवार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संख्या एक लाख नजिक पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५७८ जनाको मृत्यु पुष्टि भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना रहेका छन् । हाल क्वारेन्टाइनमा ४ हजार १६४ जना रहेका छन् । आईसोलेशनमा २५ हजार ७ जना रहेका छन् । विगत २४ घण्टामा मात्र १ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार १२६ रहेको छ ।