इन्द्रेणी संवाददाता
काठमाडौं, २० असोज । नेपालमा मंगलवार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ जना रहेका छन् । हाल क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन् । हाल क्वारेन्टाइनमा ४ हजार २२१ जना छन् भने संस्थागत आईसोलेशनमा ९ हजार ११८ जना रहेका छन् । त्यसैगरी होम आईसोलेशनमा १३ हजार ५९१ जना रहेका छन् ।