इन्द्रेणी संवाददाता
रुपन्देही, २० असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव पास भएको छ । आज सम्पन्न प्रदेश ५ को प्रदेश सभाबाट दुई तिहाइ बहुमतले यी राजधानी दाङको भालुवाङ पास भएको हो ।
संविधानअनुसार दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ चयन भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरेका थिए । तर प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमाथि भने यो समाचार तयार पार्दा सम्म मतदान भइरहेको छ ।