रुकुम, २० असोज । रुकुम पश्चिममा कोरोना महामारीका कारण बन्द विद्यालय खुलेका छन् । रुकुम पश्चिमका ६ वटै स्थानीय तहमध्ये ३ स्थानीय तहले सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु गरेका हुन् ।
उनका अनुसार तीन वटै स्थानीय तहका निजी र सामुदायिक विद्यालयमा पढाइ सुरु गरिएको छ । सहरबजारका बालबालिकाले डिजिटल माध्यमबाट पठन–पाठन गरे पनि रुकुममा त्यो सम्भव नभएपछि सिकाइ केन्द्रमार्फत पढाइ सञ्चालन गरेको जिल्ला शिक्षा विकास समन्वय इकाइले बताएको छ ।
कार्यालयका अनुसार विद्यालयले आफ्नो भौतिक पूर्वाधारको अवस्थालाई दृष्टिगत गरी बिहान १० देखि २ बजेसम्म र २ देखि ४ बजेसम्म पठनपाठन हुने गरेको छ । नेपाल सरकारले वैकल्पिक शिक्षा सञ्चालन निर्देशन, २०७७ र सिकाइ सहजीकरण निर्देशिका, ०७७ जारी गरेको छ ।
उक्त निर्देशिकामा इन्टरनेटको माध्यमबाट डिजिटल कक्षा, सिकाइ केन्द्र र सञ्चार माध्यमबाट पठनपाठन गर्नुपर्ने व्यवस्था उल्लेख छ । भर्चुअल कक्षा सम्भव नभएपछि सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमले जानकारी दिएको छ ।
झन्डै ७ महिना बन्द रहेका विद्यालयहरूमा सिकाइमार्फत पठनपाठन सञ्चालनपछि विद्यार्थी खुसी भएका छन् । लामो समयसम्म पढाइबाट वञ्चित बालबालिका सिकाई केन्द्रमा रमाइरमाइ पढ्न थालेको स्थानीय बताउँछन् । मुसीकोट एकेडेमीमा कक्षा १ मा अध्ययनरत छात्रा बिहानी ददेलले भनिन्, ‘सिकाइ केन्द्रमा पढ्न पाउँदा खुसी लागेको छ ।’
रुकुम भौगोलिक रुपमा विकट हुँदा अधिकांश स्थानमा टेलिफोनकै लागि डाँडामाथि पुग्नुपर्छ । टेलिभिजनको पहुँच पनि सोचजस्तो छैन अभियानबाट।