इन्द्रेणी संवाददाता
दाङ, १९ असोज । केही दिनदेखि दाङको भालुवाङ प्रदेश ५ को स्थायी राजधानीको रुपमा चर्चामा आएको छ । प्रदेश सभामा भालुवाङलाई केन्द्रित गर्दै प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रस्ताव पेस भएपछि भालुवाङ चर्चामा आएको हो ।
आन्दोलनबाट केही क्षति नहोस भनेर त्यहाँको स्थानीय सरकारले आइतवारदेखि चार दिनका लागि बुटुवको केही स्थानमा निषेधाज्ञा समेत जारी गरेको छ । तर पनि त्यहाँ आन्दोलन भइसहेको छ । केही समय पहिले मात्रै मुख्यमन्त्री चडेको गाडीमा समेत ढुंगामुडा भएको छ । यसरी प्रदेश राजधानीको विषयमा समस्या देखिएको छ ।
विवादको बीचमा आज प्रदेशको राजधानी तथा नाम ढुंगो लगाउन आज सोमवार प्रदेश ५ को प्रदेश बैठक बस्दैछ । यो बैठकले विवादकै बीचमा प्रदेशको प्रदेश सभामा पेस भएको प्रदेश राजधानी र नाम टुंगो लगाउला त ? भन्ने सबैमा चासो छ । यदि टुंगो लगाइहाल्यो भने आन्दोलन मथर हुदै जाला कि झन उग्रबन्दै जाला भन्ने पनि सबैको मनमनमा छ ।