काठमाडौं, १८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दिउँसो बालुवाटार पुगेका हुन् ।
प्रदेश ५ को राजधानीलाई लिएर बुटवलमा आन्दोलन चर्किरहँदा त्यसको समाधानका विषयमा पनि केही छलफल भएको बताइएको छ ।