काठमाडौं, १८ असोज । सर्वोच्च अदालतमा न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्थाका कारण एकलबाहेक अन्य इजलास स्थगन गरिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।