इन्द्रेणी संवाददाता
दाङ २६ चैत्र
यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले आठ महिनाको अवधिमा ९५ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले २०७२ साउन देखि फागुन मसान्तसम्म आठ महिनाको अबधिमा सवारी साधन कर, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपास र रुट नबिकरणबाट ९५ लाख ३८ हजार १ सय ७ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।
त्यसैगरी आठ महिनाकै अबधिमाबस, मिनिबस, ट्रक, ट्याकर र मिनिट्रक गरी ४ सय ३९ सवारी साधन जाँजपास गरिएको छ भने ४ सय ३९ सवारी साधनको रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ । २०७२ साउन देखि भालुवाङ्गमा कार्यालय सञ्चालन आए देखि दैनिक सरदर २५—३० जना सेवा ग्राहीहरु आउने गरेको कार्यालयले जनाएको छ ।।