इन्द्रेणी संवाददाता
काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण भएको छ ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार आज सचिवालयका चार जनामा कोरोना पुष्टि भएको हो । सञ्चारविज्ञ बजगाईको परीक्षण रिपोर्ट आउन बाँकी छ । ओलीका तीन जना सल्लाहकारहरुले आफूहरुलाई कोरोना संक्रमण भएको समाजिक सञ्जालमार्फत पनि जानकारी गराएका छन् ।