इन्द्रेणी संवाददाता
काठमाडौं, १७ असोज । नेपालमा शनिवार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ जना रहेका मन्त्रालयले जनाएको छ । आईसोलेशनमा २१ हजार ३०२ जना रहेका छन् भने क्वारेन्टाइनमा ४ हजार २७३ जना रहेका छन् । अहिलेसम्म ६२ हजार ७४० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएका छन् ।
आज शनिवार थपिएका संक्रमितमध्ये १ हजार १७७ जना उपत्यकाका रहेका छन् । जसमध्ये काठमाडौं जिल्लाका १ हजार १ जना, भक्तपुर जिल्लाका ६७ जना र ललितपुर जिल्लाका १०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।