बुटवल, १६ असोज । लामोसमयदेखि अन्यौलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई केन्द्रमा राखेर बनाउन तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिसदले निर्णय गरेको छ ।
मन्त्रीपरिसदको निर्णय लगत्तै शुक्रबार नै यस सम्वन्धि प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । प्रस्तावमा राजधानीको नाम लुम्बिनी लेखिएको छ । साथै बुटबलमा सुरक्षाा व्यबस्था कडा बनाइएको छ ।