Indrenionline.com

आज थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

इन्द्रेणी संवाददाता
काठमाडौं, १४ असोज । नेपालमा आज बुधवार थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५०० ओटा पीसीआर परीक्षण गर्दा १५५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ४९८ जनाको मृत्यु पुष्टि भएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । अहिले संक्रमितको संख्या २१ हजार ३८९ जना रहेको मन्त्रालयले जनाएको छ । बुधवार मात्रै थप १ हजार ५७ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।