Indrenionline.com

तातोपानी नाका असोज १९ गतेबाट पुनः सञ्चालनमा आउने

इन्द्रेणी संवाददाता
काठमाडौं, १४ असोज । विगत ८० दिनदेखि बन्द रहेको नेपाल–चीन मुख्य व्यापारिक तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालन हुने भएको छ ।

तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालन गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए ।

नाका सञ्चालनमा ल्याउनेबारे नेपाली र चिनियाँ पक्षबीच तातोपानीस्थित मैत्री पुल नजिक तिब्बतको लिपिङमा मङ्गलबार भएको बैठकले तातोपानी नाका पुनः असोज १९ बाट ल्याउने सहमति गरेको हो ।

नाका सञ्चालन गर्न असोज १८ सम्म दुवै पक्षले सम्पूर्ण तयारी पूरा गरिनेछ । बन्द अवधिमा सो नाकाबाट स्वास्थ्य सामग्रीको आयात भए पनि अन्य व्यावसायिक वस्तुको आयात हुन सकेको छैन ।