इन्द्रेणी संवाददाता
काठमाडौं, १३ असोज । काठमाडौं उपत्यका कोरोना संक्रमणको हट स्पट बन्दै गएको छ । नेपालमा दैनिकजसो कोरोना संक्रमण पुष्टि हुनेमध्येमा ६० प्रतिशत काठमाडौं उपत्यकाकै छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुष तथा भक्तपुरमा २८ महिला र ४५ पुरुष सङ्क्रमित थपिएका हुन् ।