इन्द्रेणी संवाददाता
काठमाडौं, १३ असोज । नेपालमा कोरोना संक्रमितको संख्या पौने एक लाख नाघेको छ । आज मंगलवार मात्रै थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ४९१ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । मंगलवार मात्रै थप ७३१ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ५ हजार ७७८ जना रहेका छन् ।
होम आईसोलेशनमा १० हजार ७०७ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् । सक्रिय संक्रमितको संख्या भने २० हजार ३९६ जना रहेको छ ।