इन्द्रेणी संवाददाता
बाँके, ११ असोज । बाँकेमा उपचारकै क्रममा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत नेपालगञ्ज उपमहानगरपालिका ९, बाँके गाउँका ४७ बर्षिय संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए ।
स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते राती ८ः२५ बजे उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।