इन्द्रेणी संवाददाता
बाँके, १० असोज । आज शनिवार बाँकेमा एकैदिन ५० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
श्रेष्ठका अनुसार शनिबार जिल्लाका विभिन्न आइसोलेसनबाट निको भएर घर फर्किनेहरुमा भूमीसुधार तथा मालपोत कार्यालय बाँकेका लेखा अधिकृत सहित १५ जना कर्मचारी, जिल्ला प्रहरी कार्यालयका एक जना जुनियर अधिकृत सहित २३ महिला र २७ पुरुष गरी ५० जना रहेका छन् । उनीहरुमा भदौ २७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसन केन्द्रहरुमा रहेर उपचार गरिएको थियो ।