इन्द्रेणी संवाददाता
काठमाडौं, १० असोज । नेपालमा आज शनिवार थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
होमआइसोलेशनमा १० हजार ५०८ रहेका छन् । आइसीयूमा २२४ जनाको उपचार भइरहेको छ । यसैगरी भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ ।
आज काठमाडौं उपत्यकामा मात्र ७२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ५८३ जना, ललितपुर जिल्लामा ७८ जना र भक्तपुर जिल्लाका ६३ जना रहेका छन् ।