Indrenionline.com

ललितपुरका मेयरलाई कोरोना संक्रमण

काठमाडौं, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै उन होम आइसोलेशनमा वसेका छन् ।

बिहीबार दिउँसो ज्वरो आएको र औषधि प्रयोग गर्दासमेत ज्वरो कम नभएपछि मेयर महर्जनले स्वाब परीक्षणका लागि पाटन अस्पतालमा नमुना दिएको थियो । आज शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।