Indrenionline.com

सुख्खा पहिरोले १७ घरगोठ बगायो, ९९ घर परिवारलाई सुरिक्षत स्थानमा सारियो

इन्द्रेणी संवाददाता
अर्घाखाँची, ९ असोज । अर्घाखाँचीमा सुख्खा पहिरोले घरगोठ बगाएको छ । सितगङ्गा नगरपालिका १२ कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा १७ घर वगाएको हो ।

पहिरोका कारण जोखिम भएपछि ९९ घर परिवारलाई सुरिक्षत ठाउँमा सारिएको छ । प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीका अनुसार पहिरोले मानवीय क्षति नभए पनि नगद,जिन्सि,अन्नपात,पशु चौपायमा क्षति पुर्याएको छ । अझै पनि घरगोठ बग्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।