काठमाडौं, ८ असोज । कोरोना संक्रमणका कारण भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको ज्यान गएको छ ।
सेप्टेम्बर ११ मा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीट गरेका छन् ।