इन्द्रेणी संवाददाता
असोज ७, काठमाडौं । नेपालमा आज बुधवार थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप सात जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।
हाल होम आइसोलेशनमा ९ हजार १८६ जना रहेका छन् भने संस्थागत आइसोलेशनमा ८ हजार २२८ जना रहेको मन्त्रालयले जनाएको छ ।
हाल क्वारेन्टाइनमा ७ हजार १०४ जना रहेका छन् भने १७ हजार ४१४ जना कोरोनाका सक्रिय संक्रमित छन् । अहिलेसम्म ४९ हजार ९५४ जना डिस्चार्ज भएका छन् ।