इन्द्रेणी संवाददाता
काठमाडौं । नेपालमा आज सोमवार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
सोमवार मात्रै थप १ हजार ५ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ४७ हजार २३५ पुगेको छ । हाल होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् । हाल १७ हजार ६११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।