इन्द्रेणी संवाददाता
मोरङ, ५ असोज । मोरङमा माछापोखरीमा डुवेर आमा र दुई छोरीको ज्यान गएको छ । ग्रामथान गाउँपालिका वडा नंं. ४ मोतीपुरमा माछापोखरीमा डुबेर एकै परिवारका तीनजनाको ज्यान गएको हो ।
प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेर फसेपछि उद्धारका लागि गएकी आमासहित तीनैजनाको ज्यान गएको हो ।
आमाको शव कपडा लगाएकै अवस्थामा फेला परेको थियो भने ९ वर्षीया कृतिका नाङ्गै र १३ वर्षीया पवित्रा भित्री बस्त्र लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।