Indrenionline.com

बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु

इन्द्रेणी संवाददाता
बाँके, ४ असोज । बाँकेमा थप एकजना कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

भदौ २० गते उपचारका लागि अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट पुष्टि भएको थियो। स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठलेका अनुसार प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

उपचारकै क्रमा गएराति साढे ११ बजे उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमितबाट ज्यान गुमाउनको संख्या १० पुगेको छ ।