घोराही, २९ असार । लेखक संघ दाङले बुधवार एक कार्यक्रमको आयोजना गरी २०३ औं भानुजयन्ती मनाएको छ । लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली भाषा र साहित्यमा आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं प्रेसकान्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले नेपाली भाषा र साहित्यमा अतुलनिय योगदान बताउनुभयो । सो अवसरमा प्रमुख अतिथि शर्माले नित्यानन्द शर्माले लेख्नुभएको गीती संग्रह ‘मानस गीत’ को विमोचन गर्नुभएको थियो ।
यसैबीच भानु जयन्तीको अवसरमा दिपशिखा उच्च माविमा कविता प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगितामा विमा देवकोटा प्रथम, रोषन पौडेल द्धितीय, सपना अधिकारी तृतीय र ओजस्वी अधिकारी सान्तोना हुनुभएको छ । शिक्षक दीपेन्द्र पोख्रेलको अध्यक्षता तथा प्रिन्सिपल सन्तोषकुमार रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राम थापा, धनबहादुर विसीलगायतले बोल्नुभएको थियो ।