Indrenionline.com

संविधान दिवसमा राष्ट्रिय सभा उपाध्यक्ष दहालको शुभकामना सन्देश

काठमाडौं, ३ असोज । राष्ट्रिय सभा उपाध्यक्ष माननीय शशिकला दहालले ‘संविधान दिवस–२०७७’को अवसरमा व्यक्त शुभकामना सन्देश दिएकी छिन् ।

“संविधान सभामार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको आजको ऐतिहासिक दिन ‘संविधान दिवस–२०७७’ को अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

पाँच वर्षअघि आजकै दिन २०७२ असोज ३ गते नेपाली जनताबाट चुनिएका प्रतिनिधिहरुले लेखेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको थियो । राजतन्त्रात्मक व्यवस्थालाई अन्त्य गरी गणतन्त्रात्मक संघीय व्यवस्था शुरु भएको नेपालको ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई उक्त संविधानमार्फत् संस्थागत गरिएको थियो सन्देशमा उल्लेख छ ।