इन्द्रेणी संवाददाता
काठमाडौं, १ असोज । कोरोना संक्रमणका कारण झण्डै ६ महिना बन्द भएका सार्वजनिक सवारीका साधन र होटलहरु आजदेखि सञ्चालनमा आएका छन् ।
सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ ।