इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ भदौ । कोरोना जोखिमका कारण ११ चैतदेखि बन्द रहेको होटेल र लामो दूरीको यातायात भोलि १ असोजबाट सञ्चालनमा आउने भएको छ ।
यता सरकारका प्रवक्ताले सिटको आधा क्षमतामा मात्रै यात्रु उडाउनुपर्ने बताए । तर, यसअघि पूरै सिट क्षमतामा उडाउने निर्णय भएकाले बुधबार यो विषयमा व्यवसायीहरूसँग छलफल गरिने महानिर्देशक पोखरेलले बताए । एयरलाइन्स कम्पनीहरूले ५ असोजदेखि नै उडान गर्ने गरी टिकट बुकिङ खुलाएका छन् ।
नेपालीहरूको चाड दसैंसमेत नजिकिएको भन्दै एयरलाइन्स कम्पनीहरूले बुकिङ खुलाएका हुन् । बुद्ध, यती, सीता, तारा, श्री एयरलाइन्स, सिम्रिकलगायत एयरलाइन्स कम्पनीहरूले टिकट बुकिङ खुलाएका छन् ।
व्यवसायीहरूले होटेल र रेस्टुराँ १ असोजदेखि नै खुलाउने निर्णय गरेका छन् । सरकारले १ असोजदेखि खुलाउन अनुमति दिने निर्णयसँगै व्यवसायीहरूले स्वास्थ्य प्रोटोकल लागू गरेर खुलाउन लागेको जनाएका छन् । देशभर २० हजारभन्दा बढी रेस्टुराँ रहेका छन् भने १५ हजारभन्दा बढी साना र ठूला होटेलहरू रहेका छन् नयाँ पत्रिकामा खबर छ।