Indrenionline.com

नेपालमा थपिए १४५९ जना कोरोना संक्रमित

इन्द्रेणी संवाददाता
काठमाडौं, ३० भदौ। नेपालमा आज मंगलवार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ११ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७ हजार २५० जना रहेका छन् भने होम आईसोलेशनमा ७ हजार ६४० रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा ८ हजार १३९ जना रहेका छन् ।

देशका विभिन्न अस्पतालमा कोरोना संक्रमितका २८ जना विरामीको चिकित्सकको निगरानीमा भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै आईसीयूमा रहेका बिरामीको संख्या १७४ जना रहेको छ । मंगलवारसम्ममा कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ जना रहेका छन् भने विगत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ६२ जना रहेको छ ।