इन्द्रेणी संवाददाता
बाँके, ३० भदौ । बाँकेमा ४२ जना कोरोनामुक्त भएका छन् ।
बाँकेमा अहिले कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४ सय ६९ रहेको छ भने भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाले मृत्यु भएको छ । हाल जिल्लाका आइसोलेसन सेन्टरमा अन्य जिल्लाका ३ जना गरी ३ सय ८६ जना संक्रमित उपचाररत छन् ।