इन्द्रेणी संवाददाता
काठमाडौं, ३० भदौ। बीमा समितिले निजी प्रयोगशालाका पीसीआर परीक्षणलाई पनि मान्यता दिने भएको छ । ‘कोरोना बीमा मापदण्ड, २०७७’ को संशोधन गरे पछि निजी प्रयोगशालाको परीक्षण रिपोर्टले पनि मान्इता पाउने भएको हो ।
पछिल्लो समय कोरोना बीमामा विवाद उत्पन्न भएपछि समितिले मापदण्ड संशोधन गर्न गत साता कार्यकारी निर्देशक राजुरमण पौडेल संयोजकत्वको कार्यदल बनाएको थियो ।