Indrenionline.com

नेपालमा थप ११७० जनामा कोरोना संक्रमण, थप १५ जनाको मृत्यु, डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, २९ भदौ । नेपालमा सोमवार थप १ हजार १७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा विभिन्न जिल्लामा १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। वितेको २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । आज सोमवार एक हजार ८७९ जना कोरोनामुक्त भई घर फर्किएका छन् । यससँगै कूल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।