इन्द्रेणी संवाददाता
काठमाडौं, २८ भदौ। नेपालमा आइतवार थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
वितेको २४ घण्टामा ९ हजार १६५ आटा पीसीआर परीक्षण गरिएको छ । त्यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । हाल क्वारेन्टाइनमा ६ हजार ५३६ जना रहेका छन् ।
आइतवार थप १ हजार १७३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा ७ हजार ७७० जना छन् रहेका छन् ।