इन्द्रेणी संवाददाता
सिन्धुपाल्चोक, २८ भदौ । गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ को घुम्थाङ नागपूजे र भीरखर्कमा गएको पहिरोमा पुरिएकामध्ये नौ जनाको शव भेटिएको छ ।
बाह्रबिसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार भक्तिमाया श्रेष्ठ, ल्याकसिंह तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठको शव फेला परेको छ ।
त्यहाँ गएको पहिरोमा १८ घर पुरिएका थिए भने अझै २२ जना बेपत्ता छन् । हराएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।