इन्द्रेणी संवाददाता
सल्यान, २७ भदौ । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले टोल कमिटी गठन गरेको छ । शनिबार सम्पन्न भेलाबाट नयाँ टोल कमिटी गठन भएको र ७ जनाले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको वडा कमिटी अध्यक्ष भुवनेश्वर गौतमले बताए ।
कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष भिमबहादुर सेनले नेकपाको नेतृत्वमा नै विकास र नागरिकले खुसी प्राप्त गर्न सक्ने धारणा प्रस्तुत गरे । गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका समेत प्रमुख रहेका सेनले सडक, खानेपानी, विद्युत, सिंचाइ लगाएतका समस्या समाधानमा आफूहरु लागिरहेको र नागरिकहरुले विस्तारै प्रतिफल प्राप्त गर्दै गएको बताए ।