चितवन, २७ भदौ । चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ। रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
सुवेदार श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने थालेका थिए ।