इन्द्रेणी संवाददाता
बाँके, २७ भदौ । बाँकेमा शनिवार १५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहेका १५ जना संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
१४ दिनसम्म आइसोलेसन सेन्टरमा राख्दा उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै डिस्चार्ज गरिएको बताइएको छ ।योसँगै बाँकेबाट हालसम्म ९८५ जना कोरोनामुक्त भएका छन् ।