Indrenionline.com

रोल्पामा पहिरोले घर पुरिदा एकै घरका दुई बालकको मृत्यु

इन्द्रेणी संवाददाता
रोल्पा, २७ भदौ । रोल्पाको लुङ्ग्रीमा पहिरोले घर पुरिदा एउटै घरका दुई जनाको ज्यान गएको छ ।

फोटो फाइल

लुङ्ग्री गाउँपालिका वडा नं. १ पाँङ ऐपेमा घरमाथिबाट आएको पहिरोले घर र गोठ पुरिँदा ज्ञानसिंह घर्तीमगरका ११ वर्षका छोरा युवराज घर्ती र ८ वर्षका छोरा अमर घर्तीको ज्यान गएको हो ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक सहदेव डाँगीसहितको टोली घटनास्थलमा पुगेर उद्धारको काम शुरु गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन् । घरमा सुतेका पाँच जनामध्ये ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।