काठमाडौं, २६ भदौ । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) को आज वसेको स्थायी कमिटी बैठकले अध्यक्ष द्वयले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दै सरकारमा केन्द्रित रहने र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार सहितको अध्यक्षका रुपमा पार्टी अगाडि बढाउने निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए ।
बैठकबाट पार्टीको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्ममा काठमाडौमा आयोजना गर्ने निर्णय गरेको छ भने कार्तिक १५ गतेसम्म केन्द्रिय कमिटीको बैठक आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।
