काठमाडौं, २६ भदौ । संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजन इञ्जिनियर काशीप्रसाद गुप्तासहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासहित १३ जना विरुद्धलाई पौने १७ करोडको भ्रष्टाचार गरेको मुद्दा दायर गरेको हो ।
पदीय हैसियतले उनले गैरकानूनी आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १२ जनाको नाममा खाता खोलेर रकम जम्मा गरेको पाइएपछि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
२०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा गरेका गुप्ता गतवर्ष असार ५ गते सिडिई पदबाट अवकाश पाएका थिए । अनुसन्धानको क्रममा सेवामा रहँदा उनले १७ करोड ८४ लाख २६ हजार चार सय ५९ रुपैयाँ आम्दानी गरे पनि वैधानिक आम्दानी भने एक करोड ११ लाख ६९ हजार नौ सय ६२ रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ ।
