इन्द्रेणी संवाददाता
काठमाडौँ, २६ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भोआज बस्दैछ । बैठकका लागि आवश्यक गृहकार्य सकिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने नेकपाले बताएको छ । नेकपाको स्थायी कमिटी बैठक करीव डेढ महिनादेखि स्थगित हुँदै आएको थियो ।
